मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक संकट अस्वीकार गर्दै एक भारतीय मन्त्रीले भने – मानिसहरु विवाह गरिरहेका छन् , रेलमा भीड छ , कहाँ छ आर्थिक संकट ?

शनिबार, ३० कात्तिक २०७६, १५ : ४०
शनिबार, ३० कात्तिक २०७६

एजेन्सी । भारतका केन्द्रीय राज्यमन्त्री सुरेश अङ्गडीले देशको अर्थव्यवस्था निकै राम्रो अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

यसको प्रमाणको लागि उनले विमानस्थल र रेल स्टेसन हेर्न जान सुझाव दिए । त्यस्तै उनले मानिसहरु विवाह गरिरहँदा कसरी आर्थिक संकट हुन्छ भन्ने प्रश्न पनि गरे । 

कर्नाटकको बेलगामबाट लोकसभा सदस्य र केन्द्रीय रेल राज्यमन्त्री रहेका अङ्गडीले आर्थिक संकटको कुरा गरेर केही मानिसले नरेन्द्र मोदीको छवि बिगार्ने प्रयास गरिरहेको आरोप लगाए । 

‘अर्थव्यवस्था ठीक ठाक छ । विमानस्थल भरिभराउ छ । रेलमा भिड छ । मानिसहरु विवाह गरिरहेका छन् । केही मानिस कुनै कारण बिनै मोदीको छवि खराब गरिरहेका छन् ,’ अङ्गडीले  भने ।

भारतलाई ५० खर्ब डलरको अर्थव्यवस्था बनाउने तर्फ काम गरिरहेको बताउदैं अङ्गडीले भने ,‘ हरेक तीन वर्षमा अर्थव्यवस्थाको मागमा ह्रास आउँछ । यो एक चक्र हो पछि अर्थव्यवस्था पुन ट्रयाकमा आएँछ । ’

अङ्गडिले यो बयान उत्तर प्रदेशमा दिएका थिए जहाँ उनी ‘इस्टर्न डेडिकेटेड फ्रेट कोरिडोर(डीएफसी)’ को एक खण्डको निरिक्षण गरिरहेका थिए । १९४ किमीको यो खण्डमा भारतीय रेलवेका ४०० मालबाहक गाडि चल्छ । 
डीएफसीको संचालन पूर्ण रुपमा शुरु हुदाँ यो लाइनबाट ठूलो संख्यामा मालबाहक गाडिको चल्ने आशा गरिएको छ । यस लाइनमा चल्न रेलवेहरु अत्यधिक गति र क्षमताका साथ चल्नेछन् ।  

अङ्गडीले डीएफसीको संचालनमा आएपछि आर्थिक गतिविधिमा बृद्धि हुने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप