तात्यो सागको माहोल, ‘काउन्ट डाउन’ सुरु
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को ‘काउन्ट डाउन’ सुरु गरिएको छ ।
साग प्रचारप्रसार तथा प्रकाशन समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद् एवं १३औं साग आयोजक समितिका सदस्य सचिव रमेशकुमार सिलवालले सागको माहोल सुरु भएको बताए । सोही अवसरमा सागको प्रोमो र आधिकारिक वेवसाइट पनि सार्वजनिक गरिएको थियो ।
सदस्य सचिव सिलवालले १३औं सागमा नेपालले ५० स्वर्ण जित्ने लक्ष्य रहेको बताए । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जित्दै दोस्रो स्थान हात पारेको थियो । सिलवालले साग खेल सबै नेपालीको गौरवको विषय भएको बताउदै यसलाई भब्य रुपमा सफल पार्न सबै पक्षसँग आव्हान गरे ।
उनले भने– ‘साग गेस एउटा प्रतियोगिता मात्र नभएर नेपाललाई विश्वमा चिनाउने माध्यम हो । नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्षम छ भन्ने सन्देश दिनु पनि हो । त्यसैले सबै पक्ष मिलेर सागलाई सफल पारौं ।’
दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नोभेम्बर २० तारिखसम्म खेलाडीको नाम दर्ता गर्ने मिति रहेकाले त्यसपछि मात्र सहभागी खेलाडीहरुको पूर्ण जानकारी प्राप्त हुने बताए ।
उनले उत्साहजनक रुपमा सबै राष्ट्रले सहभागिता जनाएको पनि बताए । उनले प्याराग्लाइडिङ खेल सागमा सहभागी हुने सम्भावना अझै रहेको पनि बताए ।
सागमा २७ खेल (बीच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेल समावेश गरिएको छ । २० बर्ष अगाडी जम्मा १२ खेल समावेश गरि आठौं दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो । अहिले दोब्बर भन्दा बढी खेल समावेश भएकोले ब्यवस्थापन पनि सोही अनुरुप दोब्बर भएको छ।
सात देशका कुल तीन हजार बढी खेलाडी र अफिसियल गरि सागमा पाँच हजार बिदेशी पाहुनालाई हामी स्वागत गर्दैछौ । काठमाडौं सहित पोखरा र जनकपुरमा खेलको आयोजना हुनेछ । काठमाडौंमा २१, पोखरामा नौ र जनकपुरमा एक खेलको आयोजना हुनेछ । (फुटबल, भलिबल र क्रिकेटका खेलहरु पोखरा र काठमाडौं दुवै स्थानमा हुनेछ ।) प्रतियोगितामा कुल तीन सय २४ स्वर्ण, तीन सय २४ रजत र चार सय ८७ कास्य गरि कूल एक हजार एक सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको आयोजनासँगै प्रर्दशन र नतिजाको हिसाबले समेत नेपालले राम्रो तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाईएको छ भने नेपालमै रहेका अधिकांश खेलमा विदेशी प्रशिक्षक ल्याएर तयारी गरिएको छ । विगतको दाँजोमा सागमा सहभागी खेलाडीलाई झन्डै दोब्बर भत्ताको ब्यवस्था गरिएको छ ।
नेपाल सरकारबाट १३ साग आयोजनाको निम्ति करिब साढे चार अर्ब रुपैयाको बजेट निकासा भएको छ । जसमा पुर्वाधार निर्माणको निम्ति एक अर्व ६२ करोड तथा प्रतियोगिता आयोजनाको निम्ति तीन अर्व ६५ करोड बजेट रहेको छ । आवश्यक थप बजेटको निम्ति सरकारले प्रतिबद्वता व्यक्त गरेको पनि बताइएको छ ।
पत्रकार सम्मेलनपछि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा सागको प्रोमोको पनि उद्घाटन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ