शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दलितको मृत्यु, कुटपिटपछि पिलाइएको थियो पिसाब

आइतबार, ०१ मङ्सिर २०७६, ०७ : ०६
आइतबार, ०१ मङ्सिर २०७६

भारतको पञ्जाबस्थित संगरुरमा एक दलित युवकको कुटपिटपछि मृत्यु भएको छ । कुटपिटपछि युवकलाई पिजिआई चन्डीगढमा भर्ना गरिएको थियो ।

शुक्रबार मृतक जगमेल सिंहको खुट्टामा संक्रमण फैलिएका कारण काट्नु परेको थियो तर यति गर्दासमेत उनलाई बचाउन सकिएन ।

जगमेल सिंह एक मजदुर थिए । मृतकको परिवारमा उनकी श्रीमतीबाहेक दुई छोरी र एक छोरा छन् ।

थाना लहरामा नोभेम्बर १२ मा दर्ता गरिएको एफआइआरका अनुसार मृतकको बयानको आधारमा गाउँका चार व्यक्तिविरुद्ध मुद्दा दर्ता गरिएको छ । पुलिसले चार अभियुक्तलाई पक्राउ गरेको छ ।

Photo: SUKHCHARAN PREET/BBC

पीडितलाई पिसाब पिलाइएको थियोः

जगमेल सिंहमाथि कुटपिटको घटना नोभेम्बर ७ को हो । एफआईआरका अनुसार जब जगमेल सिंह घाइते अवस्थामा थिए तब उनले पुलिसलाई चार व्यक्तिले उनीमाथि कुटपिट गरेको र उनको खुट्टामा थुप्रै पटक प्रहार गरेको जानकारी दिएका थिए ।

एफआइआरमा भनिएको छ, ‘मृतकको दोषीसँग सुरुमा केही कुरामा झगडा भएको थियो । घटना भएको दिन मृतक गाउँकै एकजनाको घरमा बसेका थिए जहाँबाट आरोपीले उनलाई केही बहाना बनाएर लिएर गए र बन्धन बनाएर कुटपिट गरे ।’

‘मृतकको बयानमा लेखिए अनुसार कुटपिटको क्रममा पानी माग्दा उनलाई मानिसको पिसाब पिलाइएको थियो ।’

त्यसको केही दिनसम्म उनको उपचार पिजिआई चंडीगढमा चलिरहेको थियो जहाँ उनको शनिबार बिहानै मृत्यु भयो ।

संगरुर पुलिसका एसपी गुरमीत सिंह (पंजाब ब्यूरो अफ इनभेस्टिगेशन)ले भने, ‘गत नोभेम्बर १३ मा चार आरोपीविरुद्ध अपहरण गरेको र कुटपिट गरेका कारण मुद्दा दर्ता गरिएको थियो । पीडितको उपचारको क्रममा मृत्यु भएपछि अपराधको षड्यन्त्र रचेको र हत्याको धारासँग जोडिएको छ । चारैजना आरोपीलाई पक्राउ गरिएको छ ।’

Photo: SUKHCHARAN PREET/BBC

के छ स्थिती ?

मृतकका आफन्तमा यो घटनाको विषयमा रोष छ । मृतकका भाञ्जा गुरदिप सिंहले मिडियासँगको कुराकानीमा भने, ‘परिवारका लागि यो एक असहनीय घटना हो । हामी सरकारसँग कडा कारवाही र परिवारलाई आर्थिक मद्दतका लागि माग गर्छौं । जबसम्म हाम्रो मागलाई ध्यान दिइँदैन तबसम्म हामी अन्तिम संस्कार गर्ने छैनौं ।’

पीडितको मृत्यु भएपछि थुप्रै सामाजिक संगठन अगाडि आएका छन् । मृतकका परिवारका सदस्य र विभिन्न संगठनले एसडीएमको अफिसअगाडि धर्ना दिए ।

जमिन प्राप्ति संघर्ष कमेटीका नेता गुरमुख सिंहले भने, ‘यो घटना दलितमाथि अपराधको अर्को एउटा दर्दनाक उदाहरण हो । पुलिसले चारै आरोपीलाई पक्राउ गरेको कुरा गरिरहेको त छन् पीडित परिवारलाई २५ लाख भारु क्षतीपूर्ती दिनुपर्ने हाम्रो माग छ ।’

Photo: SUKHCHARAN PREET/BBC

प्रशासनले के भन्यो ?

जमिन प्राप्ति संघर्ष कमेटीका नेता गुरमुख सिंहले मृतककी श्रीमतीको सरकारी जागिर दिनुपर्ने माग गरेका छन् । उनीहरुको माग पूरा नभए संघर्ष तीब्र पार्ने उनले चेतावनी पनि दिएका छन् ।

संगरुरका डेप्युटी कमिशनर घनश्याम थोरीले मिडियासँगको कुराकानीमा भने, ‘कानूनी रुपमा यस्ता घटनामा ८.२५ लाख भारु क्षतीपूर्ती मात्रै पाउन सकिन्छ ।’

‘यसबाहेक पाँच हजार भारुको पेन्सनको सहूलियत पनि दिन सकिन्छ । सरकारी जागिरको परिवारको मागलाई पञ्जाब सरकारलाई पठाइनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप