शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म टोलीमा भएको भए ब्राजिलले थप पाँच विश्वकप जित्ने थियो’

आइतबार, ०१ मङ्सिर २०७६, ०८ : १२
आइतबार, ०१ मङ्सिर २०७६

युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् ।

रोनाल्डोले आफ्नो देश पोर्चुगलको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदशन गरिरहेका छन् । सन् २०१६ मा देशलाई युरोपियन च्याम्पियनसीप जिताएका रोनाल्डोले सन् २०१९ मा युइएफए नेसन्स लिगको उपाधि पनि दिाएका थिए । देशका लागि १६३ खेलमा प्रतिनिधित्व गर्दै उनले ९८ गोल गरेका छन् ।

रोनाल्डो र ड्यानिलो यसअघि रियल म्याड्रिडसँगै थिए भने अहिले युभेन्टसमा पनि एकै टीमबाट खेलिरहेका छन् ।

ड्यानिलो आफू ३४ वर्षीय खेलाडीको ठूलो फ्यान भएको बताए ।

‘मैले क्रिसलाई रियल म्याड्रिडदेखि चिनेको हुँ र अहिले युभेन्टसमा फेरि सँगै खेल्न पाउँदा निकै खुसी छु ।’

पाँच पटकका बालोन डि’ओर विजेताको तारिफ गर्दै उनले भने, ‘उनी स–सानो कुरालाई ध्यान दिन्छन् र उनको क्षमता त छँदैछ । त्यही भएर उनले नतिजाहरु निकाल्छन् ।’

‘कहिलेकाहीँ जिस्केर मसँग उनले भन्छन् कि यदी म ब्राजिलबाट खेलेको भए हामीले थप पाँच विश्वकप जितिसकेका हुन्थ्यौँ,’ ड्यानिलोले भने ।

पोर्टोबाट ड्यानिलो रियल म्याड्रिड आउँदा रोनाल्डोले त्यहाँ ६ वर्ष बिताइसकेका थिए । त्यहाँ दुई वर्ष बिताएपछि ड्यानिलो म्यान्चेस्टर सिटीतर्फ हानिएका थिए ।

सिटीपछि उनी अहिले युभेन्टससँग आबद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप