बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कर दिवस : सप्ताहव्यापी कार्यक्रम गरिँदै

आइतबार, ०१ मङ्सिर २०७६, ०८ : १५
आइतबार, ०१ मङ्सिर २०७६

नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन आज देशभर कर दिवस मनाइँदैछ । विगत ८ वर्षदेखि हरेक वर्ष आजको दिनलाई कर दिवसका रुपमा मनाइँदै आएको छ । ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नारामा यस वर्षको कर दिवस मनाउन लागिएको हो । 

आन्तरिक राजस्व विभागले आजदेखि एक सप्ताहसम्म करसम्बन्धी विविध कार्यक्रम गर्ने भएको छ । 

विभागका अनुसार देशभरका कर कार्यालयले विशेष कार्यक्रम गर्नेछन् । त्यसैगरी उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्थाहरुले पनि कर दिवसका अवसरमा विशेष कार्यक्रम गर्नेछन् ।
 
आजै सरकारले मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दैछ । त्यसका लागि आन्तरिक राजस्व विभागले सबै तयारी पूरा गरेको जनाएको छ । कर कार्यालयहरुले करदाताहरुको सम्मान तथा जनचेतना अभिवृद्धिजस्ता कार्यक्रम गर्दैछन् ।
 
कर सप्ताहको अवधिभर करका विषयमा नीतिगत एवं व्यवहारिक पाटामा छलफल एवं अन्तक्र्रिया गरिने विभागले जानएको छ । निजी क्षेत्रका छाता संस्थाले करसँग सम्बन्धित रहेर बहस चलाउने भएका छन् ।

नेपालमा २०५४४ साल मंसिर १ देखि मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको हो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको मंसिर १ गतेलाई कर दिवस मनाउने निर्णय गरेको थियो । 

धेरैले तिर्दैनन कर  
करसम्बन्धी विविध कार्यक्रम गरेर जनचेतना विस्तार गर्ने प्रयास गरिएको भएपनि कर तिर्नेको संख्यामा खासै सुधार आएको देखिएको छैन । कूल जनसंख्याको मात्र १० प्रतिशतले कर तिर्ने गरेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाउँछ । ९० प्रतिशत जनसंख्या करको दायराभन्दा बाहिर रहेका छन् । 

विभागले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष २१ लाख करदाता थिए । यस वर्ष त्यो संख्या ३० लाख नजिक पुगेको छ । चालु आर्थिक वर्षको बजेटमा सबै व्यक्तिलाई प्यान अनिवार्य गरेपछि करदाताको संख्या वृद्धि भएको देखिएको छ ।  यस नीतिले नेपालमा बसेका विदेशीले पनि प्यान लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । 

केही वर्षयता सरकारले करको दरभन्दा पनि दायरा फराकिलो गरेकाले करदाताको संख्या वृद्धि भएको विभागले उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा विभागलाई ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व उठाउनुपर्ने जिम्मेवारी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप