रौतहटमा यौन व्यवसायमा संलग्न ७ जनामाथि मुद्दा
रौतहट । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडास्थित एउटा होटलमा प्रहरीले छापा मार्दा दुईजना युवतीसहित पक्राउ परेका सात जनामाथि मुद्दा चल्ने भएको छ ।
विषेश सूचनाको आधारमा प्रहरीले गरुडास्थित होटल खुसीमा छापा मार्दा आपत्तिजनक अवस्थामा दुईजना केटी र पाँचजना केटालाई पक्राउ गरेको हो ।
शनिवार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको कमाण्डमा गएको टोलीले होटलमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा बौधीमाई नपा–५ का चन्द्रिका साह, वडा ३ का बिनोद ठाकर लोहार र राधेश्याम प्रसाद कुश्वाहा, गरुडा नपा जिंगडिया टोलका शेख साजिद आलम र हाटल सञ्चालक गरुडा–५ महमदपुरका शिवप्रसाद साह र सर्लाही घर भएका दुई जना युवती रहेका छन् ।
यौन व्यवसायमा संलग्न सातै जनामाथि अनुसन्धान पछि मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै