शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बरामद हतियार आफ्नो नभएको विप्लव समूहको दावी

आइतबार, ०१ मङ्सिर २०७६, ११ : २४
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाले प्रहरीद्वारा शनिबार बरामद भएको भनिएका हतियार आफ्नो नभएको दावी गरेको छ ।

प्रहरीले शनिबार कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट ५ थान एसएमजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउन्ड गोली बरामद गरिएको दावी गरेको थियो । उक्त हतियार विप्लव समूहको रहेको प्रहरीको भनाइ थियो ।

विप्लव समूहका राप्ती ब्युरो इन्चार्ज समरले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपामाथि दमन गर्ने सरकारी षडयन्त्रअनुरुप त्यसप्रकारको नियोजित, भ्रमपूर्ण र कपोलकल्पित प्रचार गराइएको र यसप्रकारको षडयन्त्र नगर्न चेतावनी दिन चाहन्छौं ।’

आफ्नो पार्टीमाथि दमन गर्ने योजना अनुरुप प्रहरी आफैँले उक्त हतियारहरु राखेर भ्रमपूर्ण प्रचार गराइएको उनको दावी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप