राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह
काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।
राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ ।
स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मागसहित काठमाडौँको शान्तिवाटिकामा आइताबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ ।
मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए । उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दबाब दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए ।
स्वतन्त्र नागरिक समाजले सो सत्याग्रहलाई सफल बनाइ मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ