शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छोरीलाई निर्ममतापूर्वक कुटिरहेकी थिइन् आमा, भिडियो बनाइरहेका थिए बुवाः पुलिसद्वारा दुबै पक्राउ

आइतबार, ०१ मङ्सिर २०७६, १२ : ४६
आइतबार, ०१ मङ्सिर २०७६

भारतको जम्मू कश्मीरको कठुआमा एक बालिकामाथि निर्ममतापूर्वक कुटपिट भइरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । भिडियोमा एक आमाले आफ्नै छोरीलाई  कुटपिट गरिरहेको देख्न सकिन्छ । ती बालिकाले रोएर आमालाई यस्तो नगर्न पनि आग्रह गरिरहेकी छिन् ।

भिडियोमा देखिए अनुसार बालिकाकी आमाले छोरीको कपाल तानेर बेस्सरी घिसारेर उनको पिठ्युँमा पटकपटक हिर्काउँछिन् । ती आमाले छोरीलाई चप्पलले पनि हिर्काएको देख्न सकिन्छ । त्यतिबेला बालिकाले बुवालाई पनि बोलाउँछिन् तर बुवा भने घटनाको भिडियो खिच्न व्यस्त हुन्छन् ।

भारतीय मिडियाका अनुसार भिडियो भाइरल भएपछि पुलिसले मुद्दा दर्ता गरेर बालिकाको आमा–बुवालाई पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप