बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी बैंकको १०% डिबेन्चर बाँडफाँड सम्पन्न

आइतबार, ०१ मङ्सिर २०७६, १२ : ५३
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु दुई अर्ब मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर २०८६ को बाँडफाँड सम्पन्न भएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त भएको थियो । 

कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो । 

ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । 

लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय हात्तीसारमा एक कार्यक्रमका बीच सो बाँडफाँड सम्पन्न भएको थियो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप