शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्सिङ परिषद्को २३ औँ लाइसेन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ०१
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ ।  नेपाल नर्सिङ परिषद्ले कात्तिक ३० गते शनिबार लिएको लाइसन्स परीक्षामा ५२ प्रतिशत उत्तीर्ण भएका छन् । 

काउन्सिलले  हिजो लिएको २३ औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको काउन्सिल अध्यक्ष गोमा निरौलाले बताइन् ।

परीक्षामा सहभागी एक हजार ६ सय ७१ विद्यार्थी मध्ये ८ सय ७१ पास भएका छन् । बाँकी ८ सय विद्यार्थी फेल भएका छन् । 

नर्सिङको प्रमाणपत्र (लाइसेन्स) परीक्षाको लागि काउन्सिलले वर्षमा ४ पटक परीक्षा लिदै आइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप