बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतले मिचेको कालापानी क्षेत्रको भूमि फिर्ता हुन्छ : प्रधानमन्त्री ओली

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ०२
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको कालापानी क्षेत्रको नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् । 

आइतबार राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतले मिचेको नेपाली भूमि फिर्ता गरेर नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । 

सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता पाठाउनुपर्ने भन्दै सरकारले त्यसका लागि आवश्यक गृहकार्य समेत थालिसकेको बताए । 

उनले नेपालको नक्सा फेर्नुपर्छ भनेर आएका मतहरुलाई अस्वीकार गरे । ‘कतिपयले नक्सा फेर्नुपर्छ भनेका छन् । तर नक्सा फेरेर केही हुँदैन । मिचिएको भूमि फिर्ता गर्नुपर्छ’, उनको भनाइ छ ।

भारतले पछिल्लो समय नपाली भूमि कालापानीको लिम्पयाधुरा, लिपुलेक समेतलाई आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्रीले पहिलोपटक यसवारे मुख खोलेका हुन् । यसअघि नेपालमा भारतीय कदमको चर्को विरोध हुँदै आएको थियो । 

‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् । कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर रउचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो,’ प्रधानमन्त्रीको भनाइ छ । उनले अहिलेको सरकार नेपाली जनताको र देशभक्त सरकार भएकाले आफ्नो भूमि एक इन्च पनि मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिएको बताए । 

‘हाम्रो भूमिमा अरुका सेना राख्न दिँदैनौ’, विश्व शान्तिको पक्षमा आफूहरु रहेको भन्दै उनले संवादको माध्यमबाटै समस्या समाधान गर्ने बताए ।

 ‘यो सरकार संवाद गर्न नसक्ने सरकार होइन, संवादमार्फत नै समस्या समाधान गर्छ । नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउँछ । नक्सा प्रेसमा छाप्दा हुने भन्दै महत्त्वपूर्ण विषय आफ्नो भूमि फिर्ता गर्नु महत्त्वपूर्ण भएको बताए ।

उनले राष्ट्रियता र स्वाधीनताको पक्षमा देखाएको एकताप्रति धन्यवाद पनि दिए । उनले मेडिकल कलेजसम्बन्धी आएका समाचारहरु भ्रामक भएको भन्दै सरकारले कुनैपनि मेडिकल कलेजलाई नियमकानुनभित्र राख्न चाहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप