पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षका भाई गोतवया बने श्रीलंकाका नयाँ राष्ट्रपति
एजेन्सी । श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन् । श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षेले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका हुन् ।
वर्तमान सरकारमा आवास मन्त्री रहेका सजिथ प्रेमदासाले एक वक्तव्य जारी गर्दै आफ्नो हार स्वीकार गरेका छन् । प्रेमदासाले ‘जनताको निर्णयलाई सम्मान’ गर्ने वक्तव्यमा बताएका छन् । मतपरिणाममा ७० वर्षका राजापाक्षले पहिले आशा गरिएजस्तै सिन्हाला वौद्ध बहुसंख्यकबाट धेरै मत पाएको देखिएको छ । तर अल्पसंख्यकहरुको सघन बसोबास रहेको क्षेत्रमा भने राजापाक्षले निक्कै कम मत पाएका छन् ।
यसले राजापाक्षेप्रति अल्पसंख्यकमा कायम संशयलाई देखाउँछ । तमिल विद्रोहीहरुसँग गृहयुद्ध चरम अवस्थामा हुँदा गोतबया रक्षा सचिवको महत्वपूर्ण जिम्मेवारीमा थिए । त्यस समय उनका दाई महिन्द्रा राजापाक्षे भने राष्ट्रपति थिए ।
अल्पसंख्यक तमिल र मुसलमान समुदायमा भने गोतबयाको उग्र–वौद्ध राष्ट्रवादले गर्दा कठिनाई हुने होकि भन्ने चिन्ता व्याप्त रहेको विश्लेषकहरुले बताएका छन् ।
गोतबया राजापाक्षेले चुनावी प्रचारको समयमा आफ्नो शासनमा राष्ट्रिय सुरक्षालाई जोड दिने बताएका थिए । गोतबयाले चुनावी ¥यालीको क्रममा आफ्ना दाई महिन्द्रा राजापाक्षेलाई प्रधानमन्त्री चुन्ने वाचा गरेका थिए ।
त्यस्तै उनले गृहयुद्धकालीन समयमा मानवअधिकार हनन्को आरोप लागेर जेलमा रहेका सेना कमाण्डरलाई रिहा गर्ने बताएका छन् ।
कयैन विज्ञले राजापाक्षेको जितले श्रीलंकामा पुनः धार्मिक र जातीय तनाव चर्कने होकि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी