मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगापुरबाट स्नेहाले ल्याइन् तीन अवार्ड

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ३५
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । सिंगापुरमा हालै सम्पन्न अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१९’ नेपालको प्रतिनिधित्व गर्दै सहभागी स्नेहा राउत थापाले तीन उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।

स्नेहाले वेस्ट पोर्टफोलियो अचिभमेन्ट, इन्टरनेशलन टरिजम एम्बेस्डर र सुपरमोडलको उपाधि नेपाल भित्र्याएकी हुन् । 

टिकेएस एण्ड सन्स, सिंगापुरद्धारा आर्किड कन्ट्री क्लबमा आयोजित मिसेस इन्टरनेशल २०१९ मा उनलाई रिवन इन्टरटेनमेन्टले सहभागी गराएको थियो । 

त्यसैगरी सोही प्रतियोगिता अन्र्तगतको एमएस इन्टरनेशनलमा नेपालका तर्पmबाट सहभागी संगीता न्यौपानेले मिसेस इन्टरनेशनल एलिगेन्स व्युटीको उपाधि जितेकी छन् । 

कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा सिंगापुर पुगेका स्नेहा र संगीता दुबै शुक्रबार साँझ स्वदेश फर्किएका छन् । 

सहभागी निशु झाका अनुसार प्रतियोगिता ९ दिनसम्म चलेको थियो । प्रतियोगिताका क्रममा विभिन्न देशबाट सहभागी विजयीहरुलाई सिंगापुरका साथमा मलेशिया र इन्डोनेसियका विभिन्न पर्यटकीय स्थलको भ्रमण समेत गराइएको थियो । 

प्रतियोगितामा लाटभियाकी ओल्गा एन्ड्रीले मिसेस इन्टरनेशनल २०१९ को उपाधि चुमेकी थिइन् ,भने मलेशियाकी प्रेभिता राजा मिसेस एसिया प्यासिफिक भएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप