शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ: पौडेल

आइतबार, ०१ मङ्सिर २०७६, १३ : ५८
आइतबार, ०१ मङ्सिर २०७६

कास्की– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे । पार्टीले चुनाव प्रचारप्रसारका क्रममा आज पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आफ्नो घरदैलो गरेको छ । काँग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशीर्वाद लिएर पोखरा–३३ मा घरदैलो शुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप