शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२५ हजार अमेरिकी डलर सहित भारतीय नागरिक पक्राउ

आइतबार, ०१ मङ्सिर २०७६, १५ : ०१
आइतबार, ०१ मङ्सिर २०७६

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन एयरको उडानद्वारा दुबई जान लागेका भारतीय नागरिक सत्य नारायण रामाचार्य पक्राउ परेका छन् ।

 आचार्यलाई लुकाइ छिपाइ लैजान लागेको २५ हजार अमेरिकी डलर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान तर्फको हेण्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा रामाचार्यलाई ह्याण्ड व्यागभित्र पत्रिकाले बेरी लुकाइ लैजाने लागेको १ सय दरका उक्त अमेरिकी डलर सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

 उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप