शिवम् कृति समारोहः सेलिब्रेसनको मामलामा नो कम्प्रोमाइज
काठमाडौं– शिवम् सिमेन्टस्ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ ।
क्वालीटीको मामला मा नो कम्प्रोमाइज भन्ने सिद्धान्त लिएको शिवम् सिमेन्टस्ले सेलिब्रेसनको मामला मा नो कम्प्रोमाइज भन्दै यहि कार्तिक २९ र ३० गते काठमाडौं को हायात होटलमा भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
दुई दिनसम्म चलेको उक्त समारोहमा शिवम् सिमेन्टस प्रा.लि ले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३७ जना डिलरहरुलाई विभिन्न विधामा अवार्डहरु बाट सम्मान गरेको थियो ।
जस अनुसार पहिलो दिन कोर इष्ट जोनका डिलरहरुलाई त्रिनेत्र, प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् रिजनल डाइमण्ड, गोल्ड र सिल्भर तथा दोश्रो दिन सेन्ट्रल वेस्ट जोनको डिलरहरुलाई रिजनल अवार्डहरुको साथ साथै नेशनल प्रगति, परमविर, सदावहार र सर्वोत्कृष्ट तीन जना विजेतालाई शिवम् नेशनल डाइमण्ड, गोल्ड तथा सिल्भर अवार्डहरु बाट सम्मानित गरिएको थियो ।
उक्त समारोहमा नेपालको चर्चित कलाकारहरुको साथ साथै भारतका ख्यातिप्राप्त कलाकार राजु श्रीवास्तवको बेजोड मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रममा देशको हरेक भूभाग बाट उपस्थित डिलरहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शिवम् सिमेन्टस लि. का अध्यक्ष सुरेन्द्र कुमार गोयलले आपसि, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्टसले सिमेन्र जगतमा उच्च स्थान पाउन सफल भएको प्रतिक्रिया दिएका थिए ।
साथै आगामी दिनहरुमा यो सम्बन्धलाई अझै दिगो रुपमा प्रस्तुत गर्दै शिवम् सिमेन्टसलाई सदैव नं. १. सिमेन्टको रुपमा परिचित गराइराख्ने प्रतिवद्धता व्यक्त गरे । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पुर्ण उद्योगी, व्यापारीहरुलाई थप हौसला प्रदान गर्ने धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध