केन्द्रीय संस्करण
समाचार

विदेश जाँदै हुनुहुन्छ ? विमानस्थलमा देखाउनुपर्छ यी कागजात, नत्र अध्यागमनले फर्काइदिन्छ (सूचीसहित)

person explore access_timeमंसिर १, २०७६ chat_bubble_outline4

काठमाडौँ । के तपाईँ विदेश जाँदै हुनुहुन्छ ?  नेपालको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति पाउनका लागि तोकिएको कागजात देखाउन नसके तपाईँले यात्रा अनुमति पाउन सक्नुहुन्न । 

यात्रा अनुमति दिनका लागि गृहमन्त्रालयले समयसापेक्ष नियम अद्यावधिक गरेको जनाएको छ । 

अध्यागमन विभागका अनुसार गृह मन्त्रालयको कात्तिक २६ गतेको निर्णय अनुसार विदेश प्रस्थान गर्नुअघि पेश गर्नुपर्ने कागजातको अद्यावधिक सूची तय गरिएको हो । 

ऐन २०४९ को नियमावली २०५१, अध्यागमन कार्यविधि २०६५ र अध्यागमन अधिकृतहरुका लागि हातेपुस्तिका २०७५ को व्यवस्थाअनुसार नेपाली नागरिकहरुलाई विभिन्न मुलुक प्रस्थान अनुमति दिने गरी आवश्यक व्यवस्था हुँदै आएकोमा सो कानूनी व्यवस्था,व्याख्या र आधारलाई थप वस्तुनिष्ठ बनाउने गरी नियम अद्यावधिक गरिएको विभागको भनाइ छ । 

पर्यटकीय प्रकृतिका भिसामा विदेश जानका लागि गृह मन्त्रालयले विभिन्न कागजात अध्यागमन अधिकारीलाई देखाउनु पर्ने व्यवस्था गरेको छ । जसअनुसार अमेरिका, क्यानडा, युरोपियन मुलुक, अस्ट्रेलिया, जापान र दक्षिण कोरिया जानका लागि पासपोर्ट, भिसा, दुईतर्फी टिकट, अन्तिम गन्तव्यसम्मको बोर्डिङ पास, स्पोन्सर लेटर तथा एक हजार अमेरिकी डलर र होटल बुकिङ देखाउनु पर्नेछ । यस्तै गन्तब्य मुलुकको ब्ल्याल लिस्टको सूचीमा यात्रारत व्यक्ति छ या छैन पनि हेरिनेछ । 

यस्तै चीन तथा थाइल्याण्ड, खाडी राष्ट्र, अफ्रिकाबाहेकको अनअराइभल टिकट पाइने मुलुकलगायतका देशहरुमा पनि पर्यटक भिसामा जानेहरुका लागि सोही व्यहोराको कागजात देखाउनुपर्छ ।

यस्तै विद्यार्थी भिसामा विदेश जानेहरुका लागि पासपोर्ट, भिसा, गन्तव्य मुलुकसम्मको बोर्डिङ पास, नो अब्जेक्सन लेटर, सम्बन्धित विश्व विद्यालयको सहमतिपत्र, बास खर्चको व्यवस्थापन खुल्न कागजात देखाउनु पर्छ । 
यसैगरी तालिम तथा कार्यक्रममा विदेश जानेहको हकमा पासपोर्ट भिसा, गन्तब्यस्थलसम्मको बोर्डिङ पास, दुईतर्फी टिकट, स्पोन्सर लेटरका साथै एक हजारसम्म अमेरिकी डलर, निमन्त्रणा पत्र र आयोजकको परिचयपत्र देखाउनु पर्नेछ । 

यस्तै कामदार भिसामा जानेहरुको हकमा भने श्रम स्वीकृतिको म्याद कम्तिमा ९० दिन भएको हुनुपर्नेछ तर युरोपियन देशहरुको भिसा भएकाहरुको हकमा भने श्रम स्वीकृति आवश्यक पर्ने छैन । 

तर, भारतको हकमा भने पासपोर्ट वा नागरिकता र बोर्डिङ पासमात्रै देखाए पुग्छ । 


 

कमेन्ट

  1. Nov. 18, 2019, 3:36 p.m. Jhayu Lagyo
    How can you show visa in case of Visa on Arrival cases ? Like if I am traveling to Singapore or Indonesia or Tanzania [visa on arrival for Nepalese]. This is non sense provision.
  2.  0 Reply
  3. Nov. 18, 2019, 12:09 p.m. Bikash
    Boarding pass up to final destination is not possible ..
  4.  0 Reply
  5. Nov. 18, 2019, 7:32 a.m. Raj
    Dear writer Please write the correctly whenever you translate the news. Thanks
  6.  0 Reply
  7. Nov. 18, 2019, 2:20 a.m. Saurab baral
    Boarding pass up to final destination ? How is that possible if someone intends to travel multiple destinations ? Like malaysia-Singapore-Thailand or any other or in vice-versa.
  8.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...