मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठकः पाण्डेको नेतृत्वमा प्रवास समन्वय कमिटी निर्माण, क–कसले पाए जिम्मेवारी ?

आइतबार, ०१ मङ्सिर २०७६, १९ : ०२
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले प्रवास समन्यव कमिटी निर्माण गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेतृ विन्दा पाण्डेको नेतृत्वमा प्रवास समन्वय कमिटी निर्माण गर्ने निर्णय गरिएको हो । कमिटीमा नेतृ पाण्डेलाई इन्चार्ज र लक्ष्मण पन्तलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।  

पार्टीका युवा नेता युवराज चौंलागाईलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने श्रीप्रसाद साह सचिव चयन भएका छन् । रुकु विक सदस्य चयन भएकी छिन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकले अधिकार प्रत्यायोजनका अन्य विषयमा भने निर्णय नलिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप