बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बने

आइतबार, ०१ मङ्सिर २०७६, १९ : ११
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं– उद्योगी व्यवसायी सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बनेका छन् । कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा राणाले लगातार छैटौं पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल सञ्चालक समितिका निर्देशक राणा कार्यक्रममा उपस्थिति थिएनन् । उनको तर्फबाट सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहालले सम्मान ग्रहण गरेका थिए । उनले तिरेको करको रकम भने सार्वजनिक भएको छैन । 

सिद्धार्थ राणाकै कम्पनी सिप्रदी ट्रेडिङ पनि सर्वाधिक कर तिर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप