शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार

आइतबार, ०१ मङ्सिर २०७६, १९ : ३०
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । सचिनलाई प्रधानमन्त्रीले नेपालको विशेष बत्ती बाल्ने पाला उपहार दिएका थिए । सचिनले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए । 

संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालमा सचिनलाई बोलाएको हो । शनिबार मात्र सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टोलीले बालबालिकासँग कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । आठ ओभरको उक्त खेलमा सचिनकै टोली विजयी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप