नक्षेत्र न्युज सागको बोडकास्टिङ पाटनर
काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान गरिएको छ । नेपाल ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भारतीय कम्पनी एन के मिडिया भेन्चर प्रालिको नक्षेत्र न्युजलाई दिएको हो ।
बोडकास्टिङ सम्बन्धी संझौत्रा पत्रमा आइतबार एन के मिडियाका सञ्चालक प्रभात रञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार नक्षेत्र न्युजले सागका सबै खेल र भेन्यबाट प्रतक्ष प्रसार र फोटो प्रवाह गर्नेछ । बोडकास्टिङ वापत राखेपले आठ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
नक्षेत्रलाई प्रशारणमा नेपालको सरकारी टेलिभिजनले सघाउने पनि बताएको छ । संझौतका कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले सागको इतिहासमा पहिलो पटक ठूलो रकममा बोडकास्टिङ अधिकार सुरक्षित गरिएको बताए ।
नक्षेत्रले सागमा समावेश २७ खेलहरु कम्तिमा १५ वटा विदेशी च्यानलमा प्रशारण गर्ने पनि जनाएको छ । साग मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । सागका खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर