बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसङ्घको विरोध जुलुसमा हस्तक्षेप, प्रहरीविरुद्ध आन्दोलनमा उत्रिने काफ्लेको चेतावनी

आइतबार, ०१ मङ्सिर २०७६, २० : २४
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । नेविसंघका कार्यकर्ताहरु भारतले जारी गरेको नयाँ राजनीतिक नक्साको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । 

दूतावास अगाडि विरोध प्रदर्शन गर्दै नेपालको नक्सा कोरिएको कालो ब्यानर उडाएपछि  प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कुटाइबाट घाइते भएका विद्यार्थी नेता कृष्ण पुडासैनीको टाउकोमा सात टाँका लगाइएको सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए । 

पक्राउ पर्ने विद्यार्थी नेताहरुमा नवराज त्रिपाठी, मनिस सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दीपेश ओली रहेका उनले बताए । पक्राउ परेकालाई तत्काल रिहा नगरे प्रहरी प्रशासन विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी काफ्लेले दिए । 

राष्ट्रियताका सवालमा नेविसङ्घले कसैसँग कहिल्यै सम्झौता नगर्ने भन्दै काफ्लेले भारतीय विस्तारवाद विरुद्धको आन्दोलन जारी रहने बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप