नेपाल घुम्न आएका ५ विदेशी पर्यटक भारतीय प्रहरीको फन्दामा
आइतबार, ०१ मङ्सिर २०७६, २१ : ५३
काठमाडौँ । झापाको सीमा क्षेत्रबाट नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ पुरुष र २ महिला रहेका छन् ।
झापाको कचनकवल गाउँपालिकास्थित सीमा क्षेत्र केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेका युक्रेनी नागरिकहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन् ।
बाटो बिराएर नेपालको सीमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका ५ जना १५ दिने भीषामा एकसाता अघि नेपाल आएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)