शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली भूमीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

सोमबार, ०२ मङ्सिर २०७६, ०६ : २६
सोमबार, ०२ मङ्सिर २०७६

नेपालको सीमाना भारतले मिचिएकोप्रति नागरिकहरु आन्दोलित भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने बताएका छन् । 

काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्र्रथम भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यो देशभक्त सरकार कसैलाई हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, संसारसामु शन्तिप्रिय छवि भएको नेपालले कसैको एक इन्च जमिन मिच्दैन । छिमेकी देशले हाम्रो भूमीबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्रीले नक्सा सच्याउनुभन्दा भूमी फिर्ता लिने कुरा महत्त्वपूर्ण रहेको बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप