शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपक्ष राष्ट्रपति चुनिँदा श्रीलंकाका मुसलमानहरु किन चिन्तित छन् ?

सोमबार, ०२ मङ्सिर २०७६, १४ : २३
सोमबार, ०२ मङ्सिर २०७६

एजेन्सी । श्रीलंकाको राष्ट्रपति चुनावमा गोताबय राजपक्षले जितेको खबर आउनासाथ उनका समर्थक र कार्यकार्ता पार्टीको मुख्यालयमा जम्मा भए । मानिसहरुको भावना सतर्कतापूर्ण थियो । 
गोताबयको जितसँगै श्रीलंकाको सर्वोच्च पदमा पुनः राजपक्ष परिवारको सदस्य फर्किएको छ । 

यसअघि गोताबयका दाइ महिन्दा राजपक्षले १० वर्षसम्म सत्ता चलाएका थिए । गोताबयको शासनमा महिन्दा प्रधानमन्त्री हुने चर्चा छ । चुनावको समयमा दुवै भाइ पोस्टर्स र ब्यानर्समा सँगसँगै देखिएका थिए ।
राजपक्षको लागि चुनावी अभियान संचालन गर्ने वकिलहरुको एक समूहका एक सदस्य सगाला अभयाविक्रमे भन्छिन् ,‘ यो हाम्रो जीतको दिन हो । यसको लागि म चार वर्षभन्दा अगाडिदेखि लागिरहेको थिएँ ।’
उनको मूल्याङ्कनमा गोताबय ठीक तरिकाले काम गर्ने व्यक्ति हुन् ।

‘हामीले उनलाई पहिले रक्षा–मन्त्रीको काम सफलतापूर्वक गरेको देखेका थियौं । उनले ३० वर्षदेखि चलिरहेको युद्धको अन्त्य गरेका थिए ,’ उनले भने ।

सगाला अभयाविक्रमे १० वर्ष पहिले लिबरेसन टाइगर्स अफ टमिल इलम(एलटीटीई)लाई हराउने श्रेय युद्ध अन्त्य हुँदा रक्षामन्त्री गोताबय राजपक्ष दाजुभाइलाई दिन्छन् । उनको विचारमा गोताबय राजपक्ष सत्तामा भएको भए अघिल्लो इस्टरमा भएको इस्लामिक उग्रवादी आक्रमण पनि हुँदैन थियो । 

राजपक्षको अर्का समर्थक जनाका अरुणशंथा भन्छिन् ,‘ मेरो विचारमा यो श्रीलंकाको इतिहासमा एक ऐतिहासिक मोड हो ।’

‘अर्थ–व्यवस्था र राष्ट्रिय सुरक्षाजस्ता हरेक मुद्दामा आगामी पाँच वर्षमा देशका हरेक मुद्दा राम्रो हुने मेरो विश्वास छ । उनीसँग हाम्रो धेरै अपेक्षा छ ।’ अरणशंथाले भने ।

अल्पसंख्यक समुदायमा भने चिन्ता
सात महिना अघि इस्लामिक उग्रवादीद्वारा गरिएको श्रृङ्खलावद्ध बम आक्रमणबाट श्रीलंका अझै आतकंकित छ । 

यो आक्रमणले त्यहाँको अर्थव्यवस्थालाई मात्र होइन द्वीपको जटिल साम्प्रदायिक सम्बन्धलाई पनि तहस–नहस गरिदिएको थियो । यो घटनाले सरकारप्रति जनताको विश्वासनै उठाइएिको अवस्था छ । 

गोताबय राजापाक्षेले जितको खबरले देशको अल्पसंख्यक समुदायलाई चिन्तित तुलाएको छ । धेरै अल्पसंख्यकहरुले उनका प्रतिद्वन्दी सजीता प्रेमदासालाई मतदान दिएका थिए । 

श्रीलंकाको मुसलमान समुदायको नजरमा सजीता प्रेमदासा धेरै उदार थिए । तमिलको सघन बसोबास भएको श्रीलंकाको उत्तरी क्षेत्रका तमिल प्रेमदासले धेरै मत पाएका छन् ।

विभिन्न समुदायहरुलाई एकजुट राख्नको लागि र युद्धपछि मेलमिलापको प्रयास एक कठिन काम हो । 

बितेको सात महिनामा कयैन मुसलमानहरुले कट्टरपन्थी बौद्ध समुदायबाट विभेद भोगेका छन् । हुनत विगत समयदेखि नै विभेद नभएको होइन् तर अहिले यो खुलेर देखिन थालेको छ । 

मुसलमानहरुका अनुसार सिन्हालाहरुले तिनका पसल र व्यवसायबाट किनमेल नै गर्दैनन् । सडकहरुमा खुलेमाअ तिनलाई अपमान गरिन्छ अझ तिनका बालबच्चाले विद्यालयमा पनि विभेद भोग्नुपर्ने अवस्था आएको छ । 
 
मुसलमान विरोधी कट्टरपन्थीहरुलाई बचाएको आरोप

धेरै मानिसहरु खुलेर बोल्न पनि डराइरहेका छन् । तर आफ्ना विश्वासपात्रसँगको कुराकानीमा उनीहरु राजापाक्षेको जीतबाट उत्पन्न अवस्थाबाट चिन्तित भएको बताउँछन् । 

राजपक्ष बहुसंख्यक बौद्ध समुदायको पक्षमा रहेको देखिन्छ । उनका आलोचक उनी मुस्लिम विरोधी कट्टरपन्थीहरुलाई बचाउन लागेको आरोप लगाउँछन् । 

एक मुसलमान महिलाले आफ्नो चिन्ता जाहेर गर्दै भनिन् ,‘ गोताबय राजपक्षको पार्टीसँग कयैन नश्लवादी जोडिएका छन् । यसले गर्दा उनको जितमा हिंसा र नश्लवादमा वृद्धि हुनेछ ।’

आइतबार जब चुनावी नतिजा आयो तब राजधानी कोलम्बोको सडक सुनसान र शान्त थियो । प्रशासनले मानिसहरुलाई प्रदर्शन र भेला हुन प्रतिबन्ध लगाएको छ । नेताहरु शान्तिको अपील गरिरहेका थिए । 

जितपछि राजपक्ष पनि एकता कायम राख्ने वचन दिइसकेका छन् । अल्पसंख्यकहरु राजपक्षको जितबाट डराइरहेको भन्ने हल्लामाझ उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

उनले नागरिक स्वतन्त्रलाई दाउमा लगाएर भए पनि सुरक्षा व्यवस्था कायम गर्ने बताए । 

राष्ट्रपति निर्वाचनको परिणामले श्रीलंकाको समाज कति ध्रुवीकृत रहेको देखाएको छ । भावि राष्ट्रपतिले श्रीलंकालाई एकतावद्ध गर्ने चुनौती सामना गर्नुपर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप