बृहत नेटवर्क सञ्जाल वर्ल्ड लिङ्क नेपाल सरकारबाट सम्मानित
काठमाडौं । देशैकै एक वृहत इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिङ्क सम्मानित भएको छ । सञ्चारमाध्यमको तर्फबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा वल्र्ड लिङ्क प्रा.लि नेपाल सरकार तथा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको हो ।
विभागले गत आइतबार राष्ट्रिय कर दिवसको अबसरमा कम्पनीलाई सम्मान गरेको हो । कम्पनीका तर्फबाट वल्र्ड लिङ्कका प्रमुखदिलिप अग्रवालले अर्थमन्त्री डा.युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरेका हुन् ।
आक्रमक योजना तथा इन्टरनेट सेवा विस्तारमा लागेको वल्र्ड लिंकलेदेशैभरी सेवा सञ्जाल विस्तारमा लागेको छ ।
सन् १९९५ मा इन्टरनेट सेवा सुरुवात गरेको कम्पनीले आफ्नो यात्राको २४ वर्ष पुरा गरिसकेको छ । यसै क्रममा वल्र्ड लिंकले आफ्नो पुँजी र गति विस्तारमा अन्तर्राष्ट्रिय साझेदार कम्पनी समेत भित्र्याउन सफल भएको छ ।
गत महिना मात्र कम्पनीले एक करोड ३५ लाख अमेरिकी डलर सहित बहुप्रतिक्षित बेलायती कम्पनी सीडीसी ग्रुपलाई भित्र्याएको छ । योसँगै वल्र्ड लिंकले नेपालको दुरदराजका क्षेत्रहरुमा समेत सेवा पु¥याउन थप बल पुगेको बताएको छ ।
हाल देशैभरबाट ३ लाख ५० हजार माथि वल्र्ड लिंक ग्राहकहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल