बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेमकिपाका वडाध्यक्षका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

सोमबार, ०२ मङ्सिर २०७६, १६ : ३८
सोमबार, ०२ मङ्सिर २०७६

भक्तपुर– नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए ।  नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलीप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप