बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालीको पहिचान हिन्दु राष्ट्र नै होः अध्यक्ष राणा

सोमबार, ०२ मङ्सिर २०७६, १७ : ४६
सोमबार, ०२ मङ्सिर २०७६

 बुटवल । राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमशेर राणाले नेपालीको पहिचान हिन्दु राष्ट्र भएको बताएका छन् । उनले दलहरुको स्वार्थका कारण नेपाललाई धर्म निरपेक्ष राज्य बनाइएको दावी गरे । 

राप्रपा संयुक्तले आयोजना गरेको जानकी रथयात्राको क्रममा नवलपरासीको कावासोती आइपुगेका अध्यक्ष जबराले सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै हिन्दु राज्य अहिलेको आवश्यकता भएको बताए । उनले काँग्रेस र कम्युनिष्टहरुले संविधानमा धर्मनरपेक्ष राज्य उल्लेख गरेर जनतालाई धोका दिएको पनि बताए ।

कार्यक्रममा अर्का नेता बिक्रम पाण्डले राप्रपाको इतिहास र सिन्द्धातहरु अन्यपाटीका भन्दा विशेष रहेकोले समाजमा एउटा तप्काले पार्टीलाई खोजी गरिरहने बताए । उनले हिन्दु राज्य भनेर संविधानमा उल्लेख नगरेर सम्म राप्रपा संयुक्त आन्दोलित भइरहने पनि चेतावनी दिए । 

जनकपुरको जानकी मन्दिरबाट शुरु भएको रथयात्र लुम्विनी पुगेर समापन बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप