बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका कार्कीले गरिन् निर्देशनमा डेब्यू

सोमबार, ०२ मङ्सिर २०७६, १८ : १८
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पनि निर्देशक भएकी छन् । म्युजिक भिडियो मार्फत उनले निर्देशनमा डेब्यु गरेकी हुन् । उनको निर्देशन रहेको पहिलो म्युजिक भिडियो ‘मेरै लाहुरेले’ सार्वजनिक भएको छ ।

बालगायिका आयुष्का खनियाँको स्वर रहेको गीतको भिडियोमा अभिनेत्री कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग रोमान्स गरेकी छन् । अभिनयको अलवा अव निर्देशनको पाटोलाई पनि आफुलेसँगसँगै लैजाने कार्कीले बताइन् । ‘धेरै पहिलेदेखि निर्देशनमा आउन चाहन्थे’ कार्कीले थपिन् ‘बल्ल साइत जुर्यो ।’ 

लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन् । 

काठमाडाैँको पार्क भिलेज रिसोर्टमा छायाँकन गरिएको भिडियोलाई सुदिप बरालले छायांकान गरेका हुन् । शुभ मिडियाले निर्माण गरेको भिडियोको सम्पादक सन्देश शाह हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप