मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतसँग भिड्दै नेपाल

सोमबार, ०२ मङ्सिर २०७६, १९ : २७
सोमबार, ०२ मङ्सिर २०७६

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलमा नेपालले मंगलबार कुवेतसँग खेल्दैछ । भुटानको थिम्पुस्थित हुने खेलमा नेपालले कुवेतसँग अंक खोस्ने दावी गरेको छ । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । 

दशरथ रंगशालाको निर्माण कार्य नसकिएका कारण नेपालले कुवेतसँग न्युटन भेन्युको रुपमा थिम्पुमा खेल्न लागेको हो । टोलीका प्रशिक्षक योहान कालिनले खेलाडीमा कुवेतलाई रोक्ने आम विश्वास रहेको बताए । कालिनको टोलीमा महत्पूर्ण चार खेलाडी छैनन् ।

भुटान जानुअघि मध्यराती ठमेलको नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई टोलीबाट हटाएको थियो । प्रशिक्षक कालिनले टोलीमा अरुपनि राम्रा खेलाडी रहेको बताएका छन् । 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् । नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० गोलले हराएको थियो । नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप