वाम गठबन्धन काग र कोइली जस्तो : नेता सिटौला
बागलुङ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वाम गठबन्धन काग र कोइली जस्तो भएको बताएका छन् । उपनिर्वाचनका सन्दर्भमा बागलुङको पश्चिम क्षेत्र निसीखोला गाउँपालिकाको राजकुटमा आज भएको काङ्ग्रेसको चुनावीसभालाई सम्बोधन गर्दे सिटौलाले सङ्घीयता कार्यान्वयन गर्ने नेकपा र सङ्घीयता चाहिदैन भन्ने पार्टी राष्ट्रिय जनमोर्चाको तालमेलले जनता हसाएको आरोप लगाए ।
आगामी मङ्सिर १४ गते हुन गइरहेको बागलुङ क्षेत्र नं– २ प्रदेशसभा ‘ख’मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी आयोजना गरिएको सभामा बोल्दै नेता सिटौलाले नेकपाले आफ्ना कार्यकर्ताको मर्म विपरीतको कार्य गरेको भन्दै काङ्ग्रेसले खबरदारी गर्ने बताए ।
सिटौलाले कार्यकर्तालाई आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोमा जुट्नका लागि आग्रह गरेका थिए । काङ्ग्रेसका चुनावी अभियानका लागि सभापति शेरबहादुर देउवा, युवा नेता गगन थापा बागलुङ आउने कार्यक्रम रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ