शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व किर्तिमानीधारी ठकुरीलाई राजदूत  कार्कीद्वारा सम्मान

मङ्गलबार, ०३ मङ्सिर २०७६, ०९ : ५६
मङ्गलबार, ०३ मङ्सिर २०७६

अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका ३ वटा विश्व किर्तिमान कायम गर्न सफल कराते खेलाडी उज्जवल ठकुरीले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा थप दुई विश्व किर्तिमान दर्ता गर्न सफल भएका छन् ।

५ औँ पटक विश्व किर्तिमान कायम गरेपछि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले प्रशंसा पत्रद्वारा किर्तिमानधारी ठकुरीलाई सम्मान गरेका छन् । सो अवसरमा राजदूत कार्कीले छैटौँ विश्व किर्तिमानको लागि अग्रिम शुभकामना पनि दिएका थिए । ठकुरीले पनि आफू किर्तिमान राख्नबाट विश्राम नलिने बताए । उनले अर्को बिश्व किर्तिमानको लागि प्रतिक्षारत रहन सबैमा आग्रह समेत गरेका छन् ।

ठकुरीले तीन फरक वर्गमा उनले ५ वटा गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् । गत सेप्टेम्बर २२, २०१९ मेरिल्याण्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा २०२० नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न आयोजना गरिएको कार्यक्रममा ठकुरीले गरेको प्रस्तुतिले उनलाई पाँचौ विश्व किर्तिमान दिलाएको थियो ।

चार फिट माथि ७१ वटा अण्डा प्लास्टिक झोलामा झुन्ड्याईएको थियो । ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरेर फुटाएर विश्व किर्तिमान राख्न सफल भए । त्यो भन्दा अगाडी ठकुरीले ६४ वटा अण्डा फुटाइसकेका थिए तर त्यो आधिकारिक रुपमा विश्वकिर्तिमानमा भने दर्ता हुन सकेको थिएन । अहिले उनले एक मिनेटमा ५३ वटा अण्डा फोडेको पुरानो किर्तिमानलाई तोडेका छन् ।

सन् २०१७ मा ठकुरीले पहिलो र दोश्रो विधामा खुट्टा फाटेर ६३.४३ र ६४.६३ केजी उठाएर २१ पटकका विश्व किर्तिमानधारी भएको रब भ्यान ड्यामको किर्तिमान तोडेका थिए ।

ठकुरीको तेश्रो किर्तिमान सन् २०१८ मा ४ फिट माथि ३ मिनेट भित्र २ सय २६ पटक घुँडा प्रहार भारतले राखेको विश्व किर्तिमान तोडेका थिए । त्यस्तै गरि ठकुरी ले २०१८ मै चौथो विश्व रेकर्ड १ मिनेटमा ६४ अण्डा फोड्न सफल भएका थिए ।

ठकुरी निराश भएनन् बरु २०१९ त्यो भन्दा राम्रो किर्तिमान १ मिनेटमा ६८ वटा अण्डा फोडेर दुवै किर्तिमान (रेकर्ड )र प्रमाण पत्र हासिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप