शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घरभित्रै हत्या गरिएको भेटिएका श्रेष्ठ दम्पतीको हत्यारा अझै पत्ता लागेन

मङ्गलबार, ०३ मङ्सिर २०७६, १० : २५
मङ्गलबार, ०३ मङ्सिर २०७६

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् ।

गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा अहिलेसम्ममा २१ लाई नियन्त्रणमा लिएर अनुसन्धान गसिसकेको र थप अनसन्धानको काम जारी रहेकोे जनाएको छ । 

सापकोटाका अनुसार अहिलेसम्ममा दुई पटक केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सो ठाउँका ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्रै शव भेटिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप