शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फ्रास्टकचर बैङ्कले ८ अर्ब रुपैयाँ बराबरको आइपिओ ल्याउने

मङ्गलबार, ०३ मङ्सिर २०७६, ११ : १०
मङ्गलबार, ०३ मङ्सिर २०७६

नेपाल इन्फ्रस्टक्चर बैङ्कले ८ अर्ब रुपैयाँको आइपिओ ल्याउने भएको छ ।  प्रतिकित्ता सय रुपैयाँ दरको ८ करोड कित्ता आइपिओ निष्काशन गर्न लागेको हो ।

बैङ्कले यहि मंसिर २९ गते हुने साधारणसभामा आइपिओ निष्काशनको प्रस्ताव लैजादै छ । सभाले पारत गरेपछि आइपिओ निष्काशनका लागि नेपाल धितोपत्रबोर्डमा आवेदन दिने प्रक्रिया अघि बढ्नेछ ।

१२ अर्ब चुक्ता पुँजी रहेको बैङ्कको आइपिओ जारी पश्चात चुक्तापुँजी २० अर्ब पुग्नेछ ।

बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २० पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप