शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज पुरुषहरुको दिन

मङ्गलबार, ०३ मङ्सिर २०७६, ११ : ४३
मङ्गलबार, ०३ मङ्सिर २०७६

अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ ।

पुरुषहरुको खराब मानसिक स्वास्थ्य र उनीहरुले किन आत्महत्याको बाटो रोज्छन् भन्ने कुरामा पनि यस दिन विशेष छलफल गरिन्छ । हुन त विगत ३० वर्षमा यूकेमा पुरुषद्वारा गरिने आत्महत्याको दर घट्दो छ तरपनि ४५ वर्ष मुनीका पुरुषहरुले आत्महत्या गरेरै आफ्नो ज्यान गुमाउने गरेको क्याम्पेन अगेन्स्ट लिभिङ मिजरेब्लीले बताएको छ ।

अन्तर्राष्ट्रिय पुरुष दिवस विशेषगरी पुरुषको स्वास्थ्य र लैङ्गिक समानतालाई प्रोत्साहन दिने मनाइने गरिन्छ ।

यो दिवस ८० बढी देशमा मनाइन्छ । यसलाई युनेस्कोले पनि समर्थन गरेको छ ।

गत वर्ष नेपालमा पनि अन्तर्राष्ट्रिय पुरुष दिवसम मनाइएको थियो जसले धेरैको समर्थन पनि पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप