सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग
काठमाडौँ । सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि ‘सातौं विश्व शौचालय दिवस’ मनाइएको छ ।
यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरिसहितको कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्दै नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।
मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन् । नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले वातावरण प्रदुषण हुन नदिन दिसापिसावहरुको प्रशोधन गर्ने उपयुक्त प्रणालीको विकासमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए ।
प्रभातफेरीमा सहभागी भएकाहरुले शौंचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । नागरिकको स्वास्थ्यको लागि पनि शौचालयको सफाईमा जोड दिनुपर्ने भएकाले घरघरमा शौचालयको सफाई गर्न जोड दिँदै यस वर्षको विश्व शौचालय दिवस मनाइएको काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद जीवनराज श्रेष्ठले जानकारी दिए ।
सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ ।
नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुको चर्को समस्या झेल्नु परेको छ । विश्वमा सन् २००१ देखि चलेको शौचालय निर्माणको अभियानको महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि नोभेम्बर १९ अर्थात् आजको दिनलाई विश्व चर्पी दिवसको रुपमा मनाउन थालिएको हो । यस वर्ष ‘शौचालयको प्रयोगमा कोही पनि नछुटाऔँ’ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी