बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मालीमा सैनिक र जिहादी गरी ४१ जना मारिए

मङ्गलबार, ०३ मङ्सिर २०७६, १३ : ४२
मङ्गलबार, ०३ मङ्सिर २०७६

बामाको– मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परी सरकारी सैनिक र विद्रोही लडाकू गरी कुल ४१ जनाको मृत्यु भएको छ ।  मृत्यु भएका मध्ये २४ जना सरकारी सैनिक र १७ जना मुस्लिम अतिवादी जिहादी समूहका लडाकू रहेका जनाइएको छ ।  

माली र नाइजरका सुरक्षाकर्मीहरुले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको बताइएको छ ।  देशको ताबान्कोर्ट भन्ने ठाउँमा सोमबार ‘आतङ्कवादी’लाई कारबाही गरिएको सरकारी सेनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

सरकारी सेनाका एक अधिकारीले भने, ‘घटनाका क्रममा हाम्रो तर्फका मृत्यु हुनेको संख्या २४ पुगेको छ भने अरु २९ जना घाइते भएका छन् ।  उनका अनुसार जिहादी समूहका भने कम्तीमा १७ जना मारिएको र अरु सयौँलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकाहरु नाइजर सेनाका नियन्त्रणमा रहेको जनाइएको छ ।

सोमबार भएको सो घटनाबाट सैनिकतर्फ ठूलो क्षति भएको निश्कर्ष निकालिएको छ । शरद ऋतु मै भएका जिहादीको दुई आक्रमणमा परी सयौ सैनिक मारिएका छन् । मालि, नाइजर र बुर्किन फासोका सीमा क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहहरुको र सरकारी सुरक्षाकर्मीहरुको बीचमा बेला बेलामा झडप भइरहने गरेको छ ।

मालीको सेनाले लामो समयदेखि विद्रोही विभिन्न लडाकू समूहसँग संघर्ष गर्दै आइरहेको छ । मालीमा शान्ति स्थापनाका लागि छिमकी केही मुलुकहरु र संयुक्त राष्ट्रसंघका शान्ति सेनाहरु पनि परिचालन गरिएको छ । -एएफपी/Photo:AFP

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप