शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई भने– अहिलेसम्म साथ दिएकोमा धन्यवाद, म भोलि केही गर्दैछु

मङ्गलबार, ०३ मङ्सिर २०७६, २० : ५०
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् । 

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन शब्द प्रयोग नगरेपनि आफू नयाँ ढंगले अघि बढ्न लागेको भन्दै अहिलेसम्म साथ दिएकोमा मन्त्रीहरुलाई धन्यवाद दिएका थिए । तर कुन मन्त्री रहने र को बाहिरिने भन्नेबारे स्पस्ट भएको छैन । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्नेबारे ब्रिफिङ गरेको बताए । यद्यपि बाँस्कोटा यसबारे थप बोल्न चाहेनन् । 

बुधबारै बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ । बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप