बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्यद्वारा पार्टी परित्याग

मङ्गलबार, ०३ मङ्सिर २०७६, २२ : ४१
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गरेका छन् । धमलाले आज एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन् । 

धमला तत्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत रहेका थिए । २०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप