शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वेल्स युरोकपमा छनोट

बुधबार, ०४ मङ्सिर २०७६, ०८ : ३६
बुधबार, ०४ मङ्सिर २०७६

एजेन्सी । निर्णायक खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै वेल्स सन् २०२० को युरोकप फुटबलमा छनोछ भएको छ ।

समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति छनोटका लागि जित्नै पर्ने खेलमा वेल्सले बाजी मारेको हो ।

यदी हंगेरीले जितेको भए युरोकपमा हङ्गेरीले नै स्थान बनाउने थियो ।

वेल्सको जितमा दुवै गोल एरोन राम्सेले गरे । राम्सेले १५औं र ४७औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै समूहको दोस्रो स्थानमा रहेको वेल्सले आठ खेलबाट १४ अंक बनाएको छ । यस समूहको विजेता बन्दै युरोकपमा छानिएको क्रोएसियाको १७ अंक छ ।

हारसँगै १२ अंक बनाएको हङ्गेरी तेस्रो स्थानमा सिमित बन्यो ।

यही समूहको मङ्गलबार रातिनै भएको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप