जर्मनी र नेदरल्यान्डको फराकिलो जित
एजेन्सी । येरोकपमा यसअघिनै स्थान बनाएका जर्मनी र नेदरल्यान्डले समूह चरणको अन्तिम खेलमा फराकिलो जित निकालेका छन् । समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्यान्डलाई ६–१ गोलले हरायो ।
जर्मनीको फराकिलो जितमा सर्ज जनाब्रीले ह्याट्रिक गरे । १९औं मिनेटमा खाता खोलेका सर्जीले ४७औं र ६०औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । लियोन गोरेट्ज्काले ४३औं र ७३औं मिनेटमा दुई तथा जुलियन ब्रान्डले खेलको अन्तिममा एक गोल थपेका थिए । नर्दन आयरल्यान्डका माइकल स्मिथले खेलको सातौं मिनेटमै सुरुवाती गोल गरेका थिए । जितसँगै समूहको शीर्ष स्थानमा रहेको जर्मनीले आठ खेलबाट २१ अंक बनायो ।
यही समूहको अर्को खेलमा नेदरल्यान्डले इस्टोनियालाई ५–० गोलले पराजित गर्यो । घरेलु मैदानमा नेदरल्यान्डलाई जिताउन जर्जिन्हो विज्नाल्डमले ह्याट्रिक गरे । उनले छैटौं, ६६औं र ७८औं मिनेटमा गोल गरेका थिए । नाथन इकेले १९औं र माइरन बोअदुले ८७औं मिनेटमा एक एक गोल थपे । जितसँगै समूहको दोस्रो स्थानमा रहेको नेदरल्यान्डले आठ खेलबाट १९ अंक बनायो ।
यसैगरी समूह ‘जी’ पोल्यान्डले अन्तिम खेलमा सुखद नतिजा निकाल्दै युरोकप छनोटको सुखद अन्य गरेको छ । यसअघिनै युरोकपमा छनोट भइसकेको पोल्यान्डले मंगलबार राति स्लोभेनियालाई ३–२ गोलले हरायो । अर्को खेलमा अष्ट्रिया लात्भियासँग १–० गोलले पराजित भयो । यद्यपी अष्ट्रियाले पनि यसअघिनै छनोट यात्रा तय गरिसकेको छ । यस समूहको शीर्ष स्थानमा रहेको पोल्यान्डले १० खेलबाट २५ अंक बनायो । दोस्रो स्थानमा रहेको अष्ट्रियाले १९ अंक बनायो । यही समूहको अर्को खेलमा नर्थ मासेडोनियाले इजरायललाई १–० गोलले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु