बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

'अपहरित' डिजेल ट्याङ्कर रित्तो अवस्थामा फेला

बुधबार, ०४ मङ्सिर २०७६, ११ : १४
बुधबार, ०४ मङ्सिर २०७६

जनकपुर । सिरहाबाट हराएको डिजेल ट्याङ्कर धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा फेला परेको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १ मा रहेको राजदेवी मन्दिर छेउ अलपत्र अवस्थामा डिजेल ट्याङ्कर फेला परेको धनुषाका प्रहरी उपरिक्षक शेखर खरेलले बताए ।

डिजेल ट्याङ्कर सिरहा प्रहरीलाई बुझाउने तयारी गरिएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रित्तो अवस्थामा रहेको डिजेल ट्याङ्कर फेला परेको हो ।


मङ्गलबार ट्याङ्कर व्यवसायी महासंघको सूचना अनुसार बिहार पुगेको सिरहा प्रहरी रातभरको खोजपछि रित्तै फर्किएको थियो ।

अमलेखगञ्ज डिपोबाट डिजेल बोकी विराटनगरतर्फ गइरहेको नेपाल आयल निगमको ट्याङ्कर दुई दिनपछि फेला परेको हो ।

ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर सिरहाको लहानबाट सोमबार राति करिब १ बजेदेखि अपहरण पारिएका भनिएको डिजेल ट्याङ्करका चालक भने मङ्गलबार दिउँसो प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रहरीले चालक रामदेव यादव र सहचालक उमेश यादवका अनुसार आफूहरुलाई राति करिब १ बजेको समयमा एक समूहले अपहरण गरी ट्याङ्कर भारत तर्फ लगेको थियो ।

प्रहरीका अनुसार नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थ महँगो भएकोले मिलेमतोमा बेच्न लगिएको आशंका छ ।

उक्त डिजेल ट्याङ्करमा २० हजार लिटर डिजेल रहेको थियो । काठमाडौँ उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल ट्याङ्करमा रहेको थियो ।

नेपाल आयल निगमले ‘अपहरण’ मा परेको भनिएको ट्याङ्करको खोजी गर्न एक समिति बनाएको छ । निगमले मङ्गलबार विज्ञप्ति प्रकाशित गरी प्रादेशिक प्रमुख इन्जिनियर अशोक शाहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप