शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानमा केही दिनमै १०६ जना मारिए: एम्नेष्टी

बुधबार, ०४ मङ्सिर २०७६, १६ : ३६
बुधबार, ०४ मङ्सिर २०७६

एजेन्सी । इन्धन मूल्य बढेको विरोधमा केही दिनदेखि इरानमा जारी प्रदर्शन र प्रदर्शनमाथि सरकारको धरपकडका क्रममा १०० भन्दा बढी मानिस मारिएको मानव अधिकार समूह एम्नेष्टी इन्टरनेश्नलले आरोप लगाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै बेलायतमामा मुख्यालय रहेको एम्नेष्टीले इरानी सुरक्षाफौजले अत्यधिक बल प्रयोग गरिरहेको आरोप लगाएको छ । 

‘विश्वस्त सुत्रका अनुसार देशका २१ सहरमा कम्तिमा १०६ प्रदर्शनकारी मारिए ,’ एम्नेष्टीले भन्यो ,‘वास्तविक संख्या अझ बढी, २०० भन्दामाथि हुन सक्छ ।’  एम्नेष्टीको रिपोर्टबारे इरानको सरकारले केही टिप्पणी गरेको छैन ।
अल–जजिराले आफ्नो तथ्याँक अनुसार प्रदर्शनका क्रममा ५ सुरक्षाकर्मी र ६ सर्वसाधरणको मृत्यु भएको पाएको बताएको छ । इरानी अधिकारीले भने यससम्बन्धमा कुनै विवरण सार्वजनिक गराएको छैन ।  तर सोमबार देशको अर्ध–सरकारी समाचार एजेन्सी आईएसएनएले भने ‘हुल्यायाहरुको समूहले’ तेहरान नजिक तीन इरानी सुरक्षाकर्मीलाई मारेको समाचार लेखेको थियो । 

उता, एम्नेष्टी इन्टरनेशनलकी अनुसन्धानकर्ता तथा मानवअधिकारकर्मी राहा बहरेइनीले भने आफूहरुको जानकारी प्रत्यक्षदर्शी, देशबाहिर रहेका मानव अधिकारकर्मी र पत्रकारहरुले बताएको तथ्याँकमा आधारित रहेको बताइन् । 

इरानमा शुक्रबारबाट देशव्यापी प्रदर्शन सुरु भएको हो । मानिसहरु पेट्रोलमा लगाइएको रासनको व्यवस्था र सहुलियत कटौतीबाट क्रुद्ध भएका छन् ।  यसले तेलको मूल्य कम्तिमा पनि ५० प्रतिशतले बढाएको छ । 
राष्ट्रपति हसन रुहानीले बढेको तेल मुल्यले गरिब परिवारको लागि नयाँ सहुलियतको व्यवस्था हुने बताएका छन् ।  तर निर्णयले देशव्यापी रुपमा आक्रोश निम्ताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप