शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च अदालतका ८ न्यायाधीशको सरुवा, १५ जनालाई नियुक्तिको सिफारिस (सूचीसहित)

बुधबार, ०४ मङ्सिर २०७६, १८ : ०८
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका ८ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।  परिषद्को बुधबार बसेको बैठकले उच्च अदालत विराटनगर, इलाम इजालासका न्यायाधीश प्रकाशचन्द्र गजुरेलको उच्च अदालत जनकपुर, राजविराज इजलासमा सरुवा गरेको छ । 

यस्तै उच्च अदालत तुलसीपुरका न्यायाधीश शिवनारायण यादवको उच्च अदालत विराटनगर, इलाम इजलासमा सरुवा भएको छ ।  यस्तै न्यायाधीशहरु विनोद शर्मा,कृष्ण गिरी, रमेश कुमार खत्री, रवि शर्मा, जनक पाण्डे र राजेश काफ्लेको पनि सरुवा भएको परिषद्ले जनाएको छ । 

यस्तै उच्च अदालतको न्यायाधीश पदको नियुक्तिका १५जनाको नाम सिफारिस भएको छ ।  जसमा जिल्ला न्यायाधीशबाट ५ जना, न्याय सेवा अधिकृतहरु मध्येबाट १ जना र अधिवक्ता मध्येबाट ५ जनाको नाम सिफारिस भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप