शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तत्कालीन माओवादीको तर्फबाट लाग्यो मन्त्रीको नाम टुंगो

बुधबार, ०४ मङ्सिर २०७६, १८ : १९
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्व सरकारमा तत्कालीन (माओवादी केन्द्र) को तर्फबाट कसलाई हटाउने र कसलाई राख्ने भन्ने लागेपनि तत्कालीन नेकपा (एमाले) को तर्फबाट नाम टुंगो लाग्न सकेको छैन । 
तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएको छ । उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने निश्चित भएको छ । प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार प्रचण्डले आफ्नो तर्फबाट दिनुपर्ने नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइसकेका छन् । 

यद्यपी प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्री ओलीको भएको बताए ।  यस्तै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्रिपरिषदमा कसलाई राख्ने र कसलाई हटाउने भन्ने अधिकार प्रधानमन्त्रीमा रहेको बुधबारको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुलाई बताएका थिए । 

तत्कालीन एमालेको तर्फबाट कसलाई हटाउने र कसलाई राख्ने भन्नेमा हालसम्म टुगों लगाएको छैन । तत्कालीन एमालेबाट पनि दुईजना हट्ने सम्भावना रहेको छ । तर त्यसको टुंगो लागेको छैन । यद्यपि हट्नेको चर्चामा एमालेका तर्फबाट मन्त्री बनेका रघुवीर महासेठ र लालबाबु पाण्डित रहेका छन् । 

प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरमा माधवकुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाललाई सन्तुष्ट बनाउन सकेका छैनन् । प्रधानमन्त्रीले बुधबारनै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेको भनिएपनि ‘कार्यव्यस्तताको कारण देखाउँदै’ स्थगित गरिएको थियो । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको कार्यव्यस्तताका कारण सपथग्रहण स्थगित भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप