शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको जेएनयुमा शुल्क वृद्धि हुँदा किन यत्रो ठूलो प्रदर्शन भइरहेको छ ?

बुधबार, ०४ मङ्सिर २०७६, १८ : ३६
बुधबार, ०४ मङ्सिर २०७६

बीबीसी । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयको होस्टल शुल्क बढेपछि विद्यार्थीको असन्तुष्टि सडकमा मात्र होइन, संसदसम्म पुगेको छ ।  

मंगलबार भारतको संसदको माथिल्लो सदनमा जेएनयुको शुल्क वृद्धिको कुरा उठ्यो । त्यही विवादका कारण सदननै स्थगित गर्नुपर्ने स्थिति आयो । 

त्यस्तै सोमबार विद्यार्थीहरुले संसदतर्फ ¥याली आयोजना गर्ने योजना बनाएका थिए । तर प्रहरीले विद्यार्थीको ¥यालीलाई हस्तक्षेप गरेर रोकिदियो र ¥याली गर्ने योजना रहेको क्षेत्रमा धारा १४४ लगाइयो । 

खास विवाद के हो ? 

जेएनयू प्रशासनले नोभेम्बर १ मा एक विज्ञप्ति सार्वजनिक गर्दै विश्वविद्यालयको होस्टलमा बसिरहेका विद्यार्थीसँग लिइरहेको शुल्क बढायो । 

यसमा विद्यार्थी बस्ने होस्टलको कोठाको शुल्कदेखि लिएर बिजुली, पानी र मेन्टेनेन्सको शुल्कसम्म सामेल छ । 

प्रेस विज्ञप्ति अनुसार विश्वविद्यालय परिसरका दुई वटा होस्टलमा बस्ने विद्यार्थीहरुले पहिलेदेखि नै बिजुली र पानीको मूल्य तिरिरहेका थिए र अन्य १६ होस्टेलका विद्यार्थीले भने मेन्टेनेसको मूल्य दिनु पर्दैनथ्यो । 

जेएनयू रजिस्ट्रारको तर्फबाट जारी विज्ञप्ति अनुसार मेन्टेनेसमा वर्षेनी १० करोड खर्च हुन्छ र यसलाई केही सहयोग हुने मनसाय राखेर जेएनयूमा पनि देशको बाँकी विश्वविद्यालयमा जस्तै यहाँका सबै विद्यार्थीहरुले तिनले उपयोग गरेको बिजुली, पानी र अन्य सेवा शुल्क (सरसफाई, व्यवस्थापन, भान्छा, मेस सहयोगी आदी) चुक्ता गर्नुपर्ने हुन्छ । यसका लागि शुल्कका १७०० भारु मासिक राखियो । 

जेएनयूका छात्र शुल्क वृद्धिबाट आक्रोशित भए र विरोधमा ती जेएनयू परिसरमा प्रशासनिक ब्लकमा धर्ना बसे । 

जेएनयूको प्रशासनिक भवनमा विद्यार्थीका लगातार प्रदर्शनपछि जेएनयू प्रशासन आफूले बढाएको फि न्युन–आयका परिवारबाट आएका विद्यार्थीको लागि कम गर्ने घोषणा गरिदिए ।

तर त्यसले आन्दोलनलाई थाम्न सकेन बरु आन्दोलन झन तीव्र भयो । उनीहरुले यसमा थोरै पनि वृद्धि स्वीकार गरेनन् । 
विद्यार्थीहरु मेस शुल्क २५०० भारुबाट ६५०० भारु बनाएकोमा रुष्ट थिए ।  

एक विद्यार्थीले बीबीसीसँग भने ,‘जेएनयूको होस्टलमा बस्नको लागि विद्यार्थीले अहिलेसम्म जति शुल्क तिर्नुपथ्र्यो त्यसमा निक्कै परिवर्तन गरिएको छ । पहिले कयैन सुविधाहरुको लागि विद्यार्थीले पैसा दिनुपर्दैन थियो । ’

शुल्क वृद्धि घटना विद्यार्थीको अडान
सन् २०१७–१८ को जवाहारलाल नेहरु विश्वविद्यालयको वार्षिक रिपोर्टले आफूकहाँ पढ्ने ४० प्रतिशत विद्यार्थीको परिवारको मासिक आम्दानी १२ हजार भारुभन्दा कम थियो । 

आर्थिक रुपबाट कमजोर विद्यार्थीलाई विश्वविद्यालयको तर्फबाट २००० भारुको मासिक सब्सिडिजको व्यवस्था थियो । तर यी विद्यार्थीको लागि बढेको होस्टल फिस तिर्न यसबाट पनि सम्भव हुँदैन । 

जेएनयू विद्यार्थी संघले यसको जानकारी केन्द्रीय मानव संसाधन मन्त्री रमेश पोखरियाल निशंकलाई पनि दिएको थियो । 

तिनले शुल्क वृद्धि गरिदाँ ४० प्रतिशत विद्यार्थीले आफ्नो पढाई बीचमा नै छाड्नपर्ने अवस्था आउने बताएका थिए । 

जेएनयूको बेवसाइट अनुसार त्यहाँको होस्टलमा विद्यार्थीको कुल संख्या ६,३४९ छ । सन् २०१७ मा त्यहाँ १५५६ विद्याथीले भर्ना गरेका थिए । त्यसमध्ये ६२३ विद्यार्थीको परिवारको मासिक आय १२ हजार भारुभन्दा कम थियो । 

जेएनयू मेसको लागि(रिफण्डेबल) सेकुरिटी शुल्क पहिले ५००० भारु थियो । त्यो बढेर १२ हजार भारु गरियो । अब विरोध प्रदर्शनपछि यसलाई पुनः पहिलेकै ५५०० भारु गरिएको छ । 

पहिले सरसफाइन र अन्य व्यवस्थापन शुल्क लिइदैन थियो । तर यसलाई १७०० भारु प्रति महिना गरियो । 

बिजुली पानीलाई लिएर पनि कुनै शुल्क लाग्दैन थियो । तर अब विद्यार्थीले उपयोग गरे अनुसार तिनको शुल्क तिर्नु गर्नुपर्छ । तथापि गरिबी रेखामुनिका विद्यार्थीको लागि ५० प्रतिशत सहुलियतको घोषणा गरिएको छ ।
छात्रावासमा दुई खालको कोठाका लागि शुल्क ३० गुणा वृद्धि गरिएको छ । 

जेएनयू विद्यार्थी होस्टलको एकल कोठाको लागि पहिले प्रति महिना भारु २० थियो भने अहिले त्यसलाई बढाएर सबै विदार्थीको लागि ६०० भारु प्रति महिना गरिएको छ । पछि संशोधन गरेर गरिबी रेखाभन्दा मुनिको विद्यार्थीको लागि यसलाई घटाएर ३०० भारु गरिएको छ । 

दुई विद्यार्थी एक साथ बस्दा कोठाको फिस १० भारु थियो । पछि यसको शुल्क ३०० भारु प्रति महिना गरिएको थियो । तर अहिले त्यसमा आधा कटौती गरेर १५० मा झारिएको छ । 

यसको अतिरिक्त खाना पकाउने, खाने भाँडा, मेस बिल, आदीमा कुनै पिरवर्तन गरिएको छैन । 

उता, मेसको लागि एकल शुल्क पनि दुई गुणा बढाएर ५५०० भारु गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप