शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बंगलादेश बैंकद्वारा नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ब्ल्याङ्केट हस्तान्तरण

बुधबार, ०४ मङ्सिर २०७६, १९ : १९
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंसिर ०४ गते ललितपुर–२३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ ओटा जाडोको ब्ल्याङ्केट हस्तान्तरण गरेको छ । 

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोबासको लागि सहज होस् भनि ब्ल्याङ्केट वितरण गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंहले सो अनाथालयका बालबालिकाहरुलाई सहायोग सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सो संस्थाकी अध्यक्ष्य सावित्री पोखरेलले सो सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वाश व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप