शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आवास पुनःनिर्माणको तेस्रो किस्ता पचासी प्रतिशतलाई

बुधबार, ०४ मङ्सिर २०७६, १९ : ३८
बुधबार, ०४ मङ्सिर २०७६

रसुवा । भूकम्पपछिको निजी आवास निर्माणअन्तर्गत ८५ प्रतिशत रसुवाका नागरिकलाई तेस्रो किस्ता रकम प्रदान गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएको विवरणअनुसार पहिलो किस्ता लाने ११ हजार ७९४ जनामध्ये १० हजार ६२२ जनाले आवास पुनःनिर्माण गरी तेस्रो किस्ता लिन सफल भएका छन् । समग्रको पछिल्लो प्रगति ८५ प्रतिशत पूरा भएको हो । 

यीमध्ये सात हजार ५८२ ले भने आवासको निर्माण कार्य पूर्णरुपमा सम्पन्न गरेको बताइएको छ ।

भूकम्पपछिको आवास पुनःनिर्माण गर्दा सरकारी अनुदानको लाभग्राही सूचीमा सूचीकृत भएका १२ हजार ५१४ जना रहेकामध्ये कुनै क्षेत्रमा बसोबासको भौगर्भिक अवस्था जोखिम, केही प्रभावित भूमिहीन भएका कारण बाँकी रहेका लाभग्राहीलाई एकीकृत बस्तीको अवधारणाअनुरुप प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

रसुवा जिल्लामा निर्माण भएका निजी आवास तथा सरकारी तथा विद्यालयमा विद्युत् मिटर जडान गर्नेको सङ्ख्या आठ हजार ३७३ रहेको र मासिकरुपमा ७२ हजार ६०० युनिट बिजुली खपत हुने गरेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखा धुञ्चेले जनाएको छ । 

विसं २०३८ देखि फिउस शाखाका रुपमा स्थापना भई विगत वर्षदेखि रसुवा शाखा पाएको विद्युत् प्राधिकरणले मासिकरुपमा ९२ लाख ७४ हजार विद्युत् महसुल प्राप्त गर्दै आएको उक्त कार्यालयका प्रमुख कृष्णहरि दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप