शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाफलबाट लागुऔषधसहित १ जना पक्राउ

बुधबार, ०४ मङ्सिर २०७६, २२ : ३६
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–४ बाफलबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री वितरण तथा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले आज मोरङको शनिश्चरे घर भई काठमाडौँ बस्दै आएका गोकुलबहादुर खड्कालाई पक्राउ गरिएको हो ।

उनको साथबाट डाइजेपाम ७३ एम्पुल, फेनारगन ७४ एम्पुल र नुर्फिन २२ एम्पल र रु १० हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

मृत फेला     

काठमाडौँ महानगरपालिका– १६ माछापोखरी नजिक एक होटलका सुरक्षा गार्डको सुतिरहेको अवस्थामा आज मृत्यु भएको छ । स्थानीय लालीगुराँस गेष्ट हाउसका सुरक्षा गार्ड तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने गोरखाका ४५ वर्षीय कृष्ण विक सोही गेष्ट हाउसमा सुतिरहेको अवस्थामा मृत फेला परेको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप